Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदीय चुनाव लड्दै बंगलादेशी क्रिकेट कप्तान शाकिब

काठमाडौँ । बंगलादेशी क्रिकेट टिमका कप्तान शाकिब अल हसनले संसदीय चुनाव लड्ने भएका छन् ।

बंगलादेशको सत्तारुढ दल अवामी लिगले उनलाई सांसदमा उठाउने भएको हो ।

ढाका ट्रिब्युनका अनुसार अवामी लिगले शाकिबलाई उनकै गृहनगर मगुरा(१ क्षेत्रबाट सांसदमा उठाउने निर्णय गरेको छ ।

आइतबार पार्टी महासचिव ओबैदुल कादेरले एक पत्रकार सम्मेलनमा उम्मेदवारहरूको सूची सार्वजनिक गरेका हुन् ।

बंगलादेशमा आगामी जनवरी ७ मा देशको १२ औं संसदीय निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077