Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण

    बालकृष्ण खाँणका कानुन व्यवसायीले भने – गिरोह सुरु हुँदाका गृहमन्त्रीहरुमाथि पनि मुद्दा दायर हुनुपर्छ

    बालकृष्ण खाँणका कानुन व्यवसायीले भने – गिरोह सुरु हुँदाका गृहमन्त्रीहरुमाथि पनि मुद्दा दायर हुनुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 579
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ जारी छ। गत सातादेखि सुरु भएको सुनुवाइअन्तर्गत निवेदकका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।

    भुटानी शरणार्थी मुद्दाको बहसका क्रममा आइतबार प्रतीवादी पक्षका वरिष्ठ कानुन व्यवसायीहरूले गिरोहले झन्डै ५ वर्षसम्म गृह मन्त्रालयमा चलाएको धन्दालाई लिएर त्यही समयका गृहमन्त्री बालकृष्ण खाँणलाई दोषी देखाउनुको अर्थ नरहेको जिकिर गरे ।



    खाँणको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरुले नाम लेखाएका थिए। नेपाल बारका पूर्व हरिहर दाहाल, प्रेमबहादुर खड्का, खम्मबहादुर खाती, बद्रीबहादुर कार्की र ललित बस्नेतले बहस गरेका छन्।



    बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, बार अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका अन्य वरिष्ठ अधिवक्ताले बहस गर्न बाँकी छ। खाँणका कानुन व्यवसायीले रकम लेनदेन नै पुष्टि नभएकाले ठगीको अभियोग पुष्टि नहुने दाबी गरे।

    यदि खाँणको संलग्नता वा दोषी मान्ने हो भने त्यसअघिका गृहमन्त्रीहरुलाई पनि मुद्दा दायर हुनुपर्ने, नभए कसैलाई छानेर मुद्दा चलाउनु पूर्वाग्रही हुने उनीहरुको तर्क थियो। खाणको पक्षमा बहस सकिएपछि पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतका प्रतिवादीहरुको तर्फबाट बहस हुने छ।

    आइतबार नै मुख्य अभियुक्त केशव दुलालको पक्षमा पनि बहस भएको थियो। काठमाडौं जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरीपाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको निवेदनमा गत मंगलबारदेखि नियमित सुनुवाइ जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार