Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतको गुजरातमा चट्याङ लागेर १८ जनाको मृत्यु

    भारतको गुजरातमा चट्याङ लागेर १८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 2.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

    जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा गरिएको थिएन । भीषण वर्षाले धेरैलाई तर्साएको छ ।



    भारी वर्षाका कारण कम्तीमा २० जनाको मृत्यु भएको र तीमध्ये १८ जना चट्याङका कारण मृत्यु भएको गुजरात राज्यका अधिकारीहरूले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।



    वर्षा र चट्याङका कारण कम्तीमा ४० वटा जनावर पनि मारिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार