Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु

    पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 1.1K
    SHARES

    फाइल तस्विर

    लाहोर । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र वर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो ।

    पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ९एनडीएमए०ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसंख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।



    “मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु । र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्रीहरू प्रदान गर्न,” प्रधानमन्त्री शहबाज शरिफले सोमबार भने । हावाहुरीका बेला चट्याङ पर्ने जोखिम खुला, ग्रामीण क्षेत्रमा बस्ने मानिस बढी हुने गरेका छन् ।



    बलुचिस्तान प्रान्तमा चट्याङ लागेर कम्तीमा आठजनाको मृत्यु भएको छ । प्रान्तका २५ जिल्ला वर्षाका कारण प्रभावित भएका छन् भने केही क्षेत्र डुबानमा परेका छन् ।

    दक्षिणी सिन्ध प्रान्तमा बाढीका कारण सडक दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ । उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा भारी वर्षाका कारण घर भत्किँदा चार बालबालिकासहित आठजनाको मृत्यु भएको छ ।

    पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै चट्याङका घटनामा वृद्धि हुनुमा जलवायु परिवर्तनसम्बन्धी घटनालाई जिम्मेवार मान्न सकिने बताएका छन् ।

    पाकिस्तान अप्रत्याशित मौसमी ढाँचाका साथै प्रायः विनाशकारी मनसुनी वर्षाको जोखिममा रहेको छ । पाकिस्तानमा सामान्यतया जुलाईमा मनसुनी वर्षा हुनेगर्छ । रासस/एएफपी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार