Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • चट्याङ लागेर बालिकाको मृत्यु, बाख्रो पनि मर्‍यो

    चट्याङ लागेर बालिकाको मृत्यु, बाख्रो पनि मर्‍यो

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 2.9K
    SHARES

    फाइल तस्विर

    सुर्खेत । चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु भएको छ ।

    शनिबार दिउँसो हावाहुरी, असिना पानी र चट्याङ पर्दा भैरवी गाउँपालिका ६ तोरीमूलकी १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको हो ।



    चट्याङ परी घाइते भएकी उनको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो ।



    उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    यस्तै चट्याङ लागेर सोही ठाउँमा एउटा बाख्रा पनि मरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार