Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • चट्याङ लागेर एकै घरका तीन घाइते, घर जलेर नष्ट

    चट्याङ लागेर एकै घरका तीन घाइते, घर जलेर नष्ट

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    चितवन । चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् ।

    जिल्लाको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो ।



    जिल्ला प्रहरी कार्यालयका अनुसार चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएका छन् ।



    सानुमाया तथा मनिषा सामान्य घाइते भएका र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको तथा उनको आधारभूत अस्पताल कुरिनटारमा उपचार जारी छ । चट्याङबाट एक कोठे कच्ची घर पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार