Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

    निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 375
    SHARES

    काठमाडौं । निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मंसिर २० र २१ गते सम्मेलन गर्न लागिएको हो ।



    निर्वाचन आयोग नेपाल र ‘एसियन नेटवर्क फर फ्री इलेक्सन’ को आयोजनामा हुने छैटौँ संस्करणको ‘एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरम’ को उद्घाटन उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र समापन परराष्ट्रमन्त्री एनपी साउदबाट हुने तय भएको आयोगले जनाएको छ ।



    सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापनसम्बन्धी निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र निर्वाचनका विभिन्न आयाममा क्रियाशील गैरनाफामूलक तथा प्राज्ञिक संस्थाका दुई सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार