Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

'हिन्दु राष्ट्र' घोषणा गर्न सत्तारुढ कांग्रेस–माओवादी भित्रभित्रै सहमत भइसके : रविन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रविन्द्र मिश्रले ‘हिन्दु राष्ट’ घोषणा गर्ने कुरामा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भित्रभित्रै सहमति भइसकेको टिप्पणी गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा प्रस्तुत गर्दै मिश्रले सो टिप्पणी गरेका हुन् ।

उनले कांग्रेसबाटै हिन्दुराष्ट्रको प्रस्ताव आउने र माओवादीले विरोध गरेजस्तो गर्ने वा मौन रहने उल्लेख गरेका छन् । ‘खासगरी कांग्रेस र माओवादी नेपाललाई संसदबाटै दुई–तिहाई बहुमत जुटाएर हिन्दु राष्ट्र’ घोषणा गर्ने कुरामा भित्रभित्रै सहमत भइसकेका छन्,’ मिश्रले भनेका छन्, ‘कांग्रेसबाट प्रस्ताव आउनेछ। माओवादीले विरोध गरेजस्तो गर्नेछ वा मौन रहनेछ।’

अहिले आन्दोलनकारीलाई उत्तेजित तुल्याउने, अवस्था जटील बनाउने र परिस्थितिलाई डोर्याएर मध्यमार्गी संझौताका रूपमा त्यता लैजान प्रयास हुने प्रबल सम्भावना रहेको उनले उल्लेख गरेका छन्।

उनले अघि दाबी गर्दै लेखेका छन्, ‘लेखेर राख्नुहोला – ‘राजसंस्था’ अर्थात मियो बिनाको ‘हिन्दू राष्ट्र’ हाम्रो धर्म, संस्कृति र सभ्यताका लागि मात्र होइन, समग्र नेपालको दिर्घकालीन हितका लागि पनि घातक हुनेछ। त्यसपछि राजसंस्थाको मुद्दा ओझेलमा पर्नेछ। नेपालको दिर्घकालीन शान्ति र स्थिरता असंभव हुनेछ।’

उनले हिन्दु अधिराज्यमा सम्झौता नगर्न आग्रह गर्दै हिन्दु राष्ट्र मात्रै भन्नका लागि पनि आग्रह गरेका छन् । 'त्यसैले ‘हिन्दू अधिराज्य’मा संझौता नगर्नुहोला। ‘हिन्दू राष्ट्र’ मात्र भन्दै नभन्नुहोला। ‘हिन्दू राष्ट्र’ त ‘हिन्दू गणतन्त्र’ मा पनि संभव छ। हामीले ‘हिन्दू गणतन्त्र’ चाहेको होइन। राजसंस्था सहितको ‘हिन्दू अधिराज्य’ चाहेको हो,' उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077