Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बिहीबार काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । बिहीवार काठमाडौंका विभिन्न ठाउँमा विद्युत् आपूर्ति रोकिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिन लागेको हो ।

भोलि बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिनेछ ।

कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077