Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हमासले बन्धक बनाएका १२ जना रिहा, इजरायलले पनि छाड्यो ३० जना प्यालेस्टिनी

काठमाडौं । युद्धविरामको ५ औं दिनमा हमासले १० इजरायली र दुई थाई बन्धकहरूलाई रिहा गरेको छ ।

इजरायलले पनि ३० प्यालेस्टिनी बन्दीहरुलाई रिहा गरेको छ। तीमध्ये १५ महिला र १५ बालबालिका छन् ।

यो रिहाइमा पनि हमासले बन्धक बनाएका नेपाली विपिन जोशी भने परेका छैनन्।

हमासले युद्धविराम सुरु भएको पाँच दिनमा ८१ जना बन्धकहरूलाई रिहा गरेको छ। योसँगै इजरायलले आफ्नो जेलबाट १५० प्यालेस्टिनीलाई रिहा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077