Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुबई प्रस्थान गर्नुअघि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डको यूएई भ्रमण लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको नेपाली प्रतिनिधि मण्डल आज राति ९ः३० बजे यूएईको दुबई जाँदै छ ।

प्रतिनिधि मण्डलमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् । सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड मंसिर १७ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077