Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रूसी सेनामा कार्यरत तीन नेपाली नागरिकको मृत्यु

काठमाडौं । रूसी सेनाका कार्यरत तीन नेपाली नागरिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन् ।

मस्कोस्थित नेपाली दूतावासका अनुसार रूसी सेनामा कार्यरत रहेकै बेला उनीहरूको मृत्यु भएको हो।

उनीहरूको गत कात्तिक २९ गते मृत्यु भएको दूतावासले कन्सुलर सेवा विभागले जनाएको छ ।

उनीहरूको जारी रूस युक्रेन युद्धमै मृत्यु भएको हो या अरू कुनै कारणले भन्ने चाँहि विभागले खुलाएको छैन ।

यसअघि गत असार २९ गते गोरखाका सन्दिप थपलिया युक्रेनमा मारिएका थिए। उनी पनि रूसी सेनामा भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077