Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • निर्वाचन आयोगका पदाधिकारीले भूकम्प पीडितलाई सात दिनको पारिश्रमिक सहयोग गर्ने

    निर्वाचन आयोगका पदाधिकारीले भूकम्प पीडितलाई सात दिनको पारिश्रमिक सहयोग गर्ने

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 369
    SHARES

    काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरुले भूकम्पपीडितहरुको राहत र पुनर्स्थापनका लागि सात दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् ।

    आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुले ७ दिन बराबरको पारिश्रमिक र आयोगसहित प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरुमा कार्यरत कर्मचारीहरुमध्ये सचिव र सहसचिवहरुबाट ३ दिन, उपसचिव र शाखा अधिकृतहरुबाट २ दिन तथा सोभन्दा तलका कर्मचारीहरुबाट १ दिन बराबरको पारश्रमिक सहयोग गर्ने निर्णय गरेका हुन् ।



    आयोगका पदाधिकारी र सदस्यहरुबाट जम्मा भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् भूकम्पपीडितको राहतकालागि पठाउने निर्णय गरेको हो ।



    १७ कात्तिकमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार