Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सरकारी दस्तखत किर्ते गरेको आरोपमा नासु पक्राउ

उदयपुर । उदयपुर प्रहरीले त्रियुगा नगरपालिकाका राजस्व शाखाका प्रमुख नायब सुब्बा (नासु)लाई पक्राउ गरेको छ ।

प्रहरीले सरकारी दस्तखत किर्ते गरेको कसुरमा ४७ वर्षीय नासु गुरुप्रसाद ढकाललाई पक्राउ गरेको हो ।

ढकाललाई खोजी गर्ने क्रममा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

नगरपालिकामा कार्यरत रहँदा ढकालले जनप्रतिनिधि र अन्य कर्मचारीको किर्ते हस्तारक्षर गरेर आर्थिक कार्यका गतिविधि गरेको उजुरी अख्तियारमा परेको थियो।

आफूविरुद्ध अख्तियारमा उजुरी परेपछि सम्पर्कविहीन रहेका ढकाललाई प्रहरीले खोजी गरेर पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार ढकालविरुद्ध पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077