Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युएई जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो।

भेटमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताकासाथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सिर्जना गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका छन् ।

त्यस्तै नेपालले लाभ लिने परिस्थिति सृजना गर्नसमेत प्रधानमन्त्रीलाई राष्ट्रपतिले सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077