Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समाजमा सबै धर्मको सम्मान आवश्यक छ : पूर्वराष्ट्रपति यादव

जनकपुरधाम । पूर्व राष्ट्रपति डा. रामवरण यादवले समाजमा सबै धर्मको सम्मान आवश्यक भएको बताएका छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियामा बुधबारदेखि सुरु भएको श्री १०८ शिवशक्ति महायज्ञको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले सबै धर्मका मानिस मिलेर बसेमात्र समाज रूपान्तरण हुने बताए । जुन ठाउँमा मान्छे मिलेर बस्दैन, त्यहाँ झैझगडा बाहेक केही नहुने उनको भनाई छ ।

उनले आफू जन्मेको समयमा विश्वको जनसङ्ख्या करिब तीन अर्ब रहेको र अहिले सो जनसङ्ख्या आठ अर्ब पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077