Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रक्षामन्त्री खड्कालाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्किएकाले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री खड्काले पाएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी हुन बुधबार दुबईतर्फ प्रस्थान गर्ने भएकोले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्काले सम्हाल्ने गरी तोकेको उल्लेख छ।

प्रधानमन्त्री प्रचण्ड कोप २८ सम्मेलनमा भाग लिन बुधबार बे‍लुका संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरेका हुन् । उनी भ्रमण सकेर आइबार स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077