Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बिरामी लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स ट्रकसँग ठोक्कियो, पाँच जना घाइते

काठमाडौं । महोत्तरीबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स नै दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन् । सिन्धुलीमा भएको एम्बुलेन्स दुर्घटनामा ५ जना घाइते भएका हुन्।

महोत्तरीबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको ज१च ८२४ नम्बरको एम्बुलेन्स आज बिहान २ बजे विपी राजमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बारामा दुर्घटनामा परेको हो । सोही स्थानमा सडक छेउमा रोकी राखेको बा३ख ६७९० ट्रकसँग ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको हो।

सिन्धुली प्रहरीका अनुसार दुर्घटनामा परी एम्बुलेन्समा सवार पाँच जना घाइते भएका छन्। एम्बुलेन्समा सवार महोत्तरी नगरपालिका–१ का ४० वर्षीय ईकरामुल अन्सारी, २५ वर्षीय कलाम अन्सारी, २० वर्षीया चाबोला खातुन, १ वर्षीय बालक अवरार अन्सारी र भंगाहा नगरपालिका–१ का २१ वर्षीय जयकुमार राउत घाइते भएका छन्।

उनीहरू १ वर्षीय बालक अबरारको उपचारका लागि काठमाडौं आउँदै थिए। दुर्घटनाबाट ती बालकको पनि टाउकोमा चोट लागेको छ। उनीहरूलाई आज बिहानै अर्कै एम्बुलेन्समा राखेर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

एम्बुलेन्स महोत्तरीको मनरासिसुवा नगरपालिका–१ का राजु सिंह र ट्रक रामेछापको मन्थली नगरपालिका–१ का ४५ वर्षीय भेष बहादुर पाण्डेले चलाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077