Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा लोहनी नियुक्त

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा गुणराज लोहनीलाई नियुक्त गरेको छ ।

लोहनीलाई बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

त्यस्तै नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष पदमा सुवोधकुमार शर्मालाई मनोनयन गर्ने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले माल्दिभ्सको मालेमा २०८० साल मंसिर २७–२८ मा आयोजना हुने मिनिस्ट्रियल मिटिङमा महान्यायाधिवक्ता डा.दिनमणि पोखरेललाई सहभागि हुन स्वीकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077