Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बुढानिलकण्ठ नगरपालिकाका सव-इन्जिनियर ८० हजार घुससहित पक्राउ

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका सव-इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटेको टोलीले सव-इन्जिनियर टिकाराज राईलाई घुससहित पक्राउ गरेको हो ।

सव-इन्जिनियर राई सेवाग्राहीसँग घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत ८० हजार घुस लिइसकेका थिए ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनलाई उक्त रकमसहित बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ बाट बिहिबार नियन्त्रणमा लिइएको हो । उनीमाथि अख्तियारले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077