Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

झापाको हल्दीबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वनको मृत्यु भएको हो ।

धनबहादुर शुक्रबार बिहान पौने ११ बजे मृत अवस्थामा फेला परेका थिए।

जिल्‍ला प्रहरी कार्यालय झापाका अनुसार वनमा पुगेका बेला जंगलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको हो।

उक्त खबरपछि प्रहरीको टोली खटिएको छ। घटनास्थललाई सुरक्षित राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077