Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीका छोरा सन्दीपसँग ३० लाख धरौटी माग

    नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीका छोरा सन्दीपसँग ३० लाख धरौटी माग

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 624
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले नेकपा एमाले नेता एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

    उच्च अदालत पाटनले शुक्रबार सुनुवाई सकेर दिएको आदेशमा सन्दीपसँग ३० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।



    न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रायमाझीले कसुर गरेको पुष्टि हुन नसकेकाले पछि ठहर बमोजिम हुने गरी अहिले पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने आदेश गरेको छ ।



    सन्दीप नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार