Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्राधिकरणको सहमतिविपरीत बेलायतको कम्पनीसँग एनसेलले गर्‍यो सेयर बिक्री सम्झौता

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको मुख्य लगानीकर्ता आजियाटा ग्रुप बहार्डले बेलायतको स्पेक्ट्रलाइट युके लिमीटेडसँग सेयर खरीद बिक्री गर्ने सम्झौता गरेको छ ।

दुबै कम्पनिबीच ५० मिलीयन डलर ६ महिनाभित्रै भुक्तानि गर्ने गरी सम्झौता भएको हो । आजियाटाले बुधबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले स्पेक्ट्रलाइट युके लिमीटेडसंग सेयर खरीद बिक्री गर्ने सम्झौता भएको जनाएको छ ।

मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेको खुलेपछि आजियाटाले आज सेयर खरीद बिक्रीको सम्झौता गरेको हो।

एनसेलको शेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भन्ने विज्ञप्ति प्रकाशित भएको देखिएको र यस विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरूमा समाचारसमेत प्रकाशित भइरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको प्राधिकरणले बताएको थियो ।

त्यस लगत्तै आजियाटा ग्रुप बहार्डले बेलायतको स्पेक्ट्रलाइट युके लिमीटेडसँग सेयर खरीद बिक्री गर्ने सम्झौता गरेको भन्दै विज्ञप्ति निकालेको छ । एनसेलमा ८० प्रतिशत आजियाटाको र २० प्रतिशत नेपालकै सुनिभेरा क्यापिटल भेन्चरको लगानी छ ।

[insert page='260744' display='yopanipadhnuhos.php']

सुनिभेरा क्यापिटल सतिशलाल आचार्यको स्वामित्वमा रहेको कम्पनी हो । युकेको स्पेक्ट्रलाइट कम्पनिको डाईरेक्टरमा पनि सतिशलालकै नाम रहेको छ । योबाट नेपालमा कर छली गर्न सतिशलालले नै यो सेटिङ्ग मिलाएको हुनसक्ने स्पष्ट छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077