Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न राष्ट्रपति पौडेलको निर्देशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपति चुरे(तराई मधेस संरक्षण विकास समितिलाई निर्देशन दिएका छन् ।

राष्ट्रपतिले राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा चुरे संरक्षणका सम्बन्धमा भएको छलफलमा यस्तो निर्देशन दिएका हुन्।

उनले चुरे विनासले निम्त्याउने सङ्कटप्रति चिन्ता व्यक्त गर्दै अहिलेको काम गराइले मात्र दीर्घकालीन समाधान नहुने धारणा राख्दै राज्यको तदारुकतामा स्थायी समाधान खोज्नुपर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेलले पहिरो रोक्नुपर्ने, खोला नदीले बगाएर ल्याउने ढुङ्गा, गिटी, गेग्रयान हटाएर खोला बग्ने निश्चित धार बनाउने, हटाएको ढुङ्गा, गिटी, बालुवा राष्ट्रिय आवश्यकताका लागि प्रयोग गर्ने, हरियाली निर्माण गर्ने, वस्ती सुधार गर्नेजस्ता विभिन्न कामका लागि राज्यले नै बृहत योजना बनाएर तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077