Online Nepal
  • बुधबार, १४ साउन २०८२
  • गाजामा पुनः इजरायली आक्रमण तीव्र, १७८ प्यालेस्टिनी मारिए

    गाजामा पुनः इजरायली आक्रमण तीव्र, १७८ प्यालेस्टिनी मारिए

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 999
    SHARES

    एजेन्सी । युद्धविराम अन्त्यसँगै गाजा क्षेत्रमा इजरायलले आक्रमण तीव्र बनाएको छ ।

    गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा कम्तीमा एक सय ७८ जना मारिएका दाबी गरेको छ ।



    गाजामा सात दिने युद्धविराम हिजो बिहान सकिएलगत्तै इजरायलले आक्रमण थालेको थियो ।

    इजरायल र हमास लडाकु समूहले एकअर्कालाई युद्धविरामको समय विस्तार गर्न सहमत हुन नसकेको आरोप लगाएका छन् ।

    गएको अक्टोबर ७ तारिखदेखि शुरु भएको लडाइँ एक हप्ता रोकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार