Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेको अभियान : लोकमार्गको दूरी छोट्याउन इन्जिनियरसहितको टोली परिचालन

    एमालेको अभियान : लोकमार्गको दूरी छोट्याउन इन्जिनियरसहितको टोली परिचालन

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 558
    SHARES

    काठमाडौं । नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको दूरी छोट्याउन अध्ययनका लागि इन्जिनियहरुसहितको टोली परिचालन गरेको छ ।

    मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गअन्तर्गत आसपासका क्षेत्रहरुमा नागरिकसँग जोडिने अभिायन थालेको एमालेले मध्यपहाडी लोकमार्गको दूरी छोटो बनाउनका लागि विज्ञहरुसहितको टोली परिचालन गरेको हो ।



    अभियानमा इन्जिनियहरुसहित जाने र लोकमार्गको दूरी छोटो बनाउने उपाय र आधारबारे अध्ययन गर्ने छन्। मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा पनि डबल लेनमा स्तरोन्नति गर्नेतर्फ अभियानले ध्यान दिने एमालेले जनाएको छ ।



    लोकमार्गका ठाउँठाउँमा सुरुङ मार्गको डिजाइन गरेर भएपनि लोकमार्गको दूरी छोटो बनाउने बारेमा एमालेले अभियानका क्रममा अध्ययन गर्ने छ । नेकपा एमालेले मंसिर १४ गतेबाट महाकाली—मेची अभियान शुरु गरेको हो ।

    तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले २०६४/६५ मा तराईमा जस्तै मध्य पहाडी भूभागलाई राजमार्गले पूर्व–पश्चिम जोड्ने उद्देश्यले पहिलो पटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखाङ्कन गरी बजेट विनियोजन गरेका थिए ।

    भट्टराई नै २०६८ मा प्रधानमन्त्री भएका बेला उक्त लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर अघि बढाइएको थियो । १८ सय ७९ किलोमिटरमध्ये ४ सय ६२ किलामिटर सडक भने पहिले नै बनेको सडकलाई मध्य पहाडी लोकमार्गमा जोडिएको छ ।

    पाँचथरको चियो भञ्ज्याङबाट शुरू हुने मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला हुँदै बैतडीको झुलाघाटमा पुगेर टुङ्गिन्छ ।

    लोकमार्गलाई अझै छोट्याउने, डेडिकेटेट एक्सप्रेस हाइवेको रूपमा विकास गर्ने तथा आवश्यक ठाउँमा सुरुङ खन्ने लगायतका कामको योजना भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार