Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संघीयतालाई सवल बनाउन प्रदेशलाई प्रहरी राख्ने अधिकार दिनुपर्छ : बिमलेन्द्र निधि

    संघीयतालाई सवल बनाउन प्रदेशलाई प्रहरी राख्ने अधिकार दिनुपर्छ : बिमलेन्द्र निधि

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 447
    SHARES

    धनुषा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र निधिले संघीय सरकारले सातवटै प्रदेशलाई प्रहरी र कर्मचारी राख्ने अधिकार दिनुपर्ने बताएका छन् ।

    मधेश प्रदेशको राजधानी जनकपुरधाममा बेलायती ब्रान्डको बेलाको होम अप्लायन्सेसको शाखा विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले संघीयतालाई सवल बनाउन प्रदेशहरुलाई प्रहरी र कर्मचारी राख्ने अधिकार दिनुपर्ने बताए ।



    संविधानमा प्रदेशको आफनै कर्मचारी र प्रहरी रहने भनी प्रष्ट व्यवस्था हुँदाहुँदै पनि प्रदेश गठन भएको ६ वर्षभन्दा बढी समय हुँदा पनि प्रहरी र कर्मचारी प्रदेशको जिम्मामा नआउनुले धेरैजसो काम गर्न प्रदेशलाई समस्या भएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार