Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकार गठनमा सहभागी हुन राउत सकारात्मक

    बिमलेन्द्र निधि र सिके राउतबीच भेटवार्ता, सत्ता गठबन्धनमा सहभागी हुन प्रस्ताव

    बिमलेन्द्र निधि र सिके राउतबीच भेटवार्ता, सत्ता गठबन्धनमा सहभागी हुन प्रस्ताव

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 648
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। सप्तरीबाट विजयी भएका अध्यक्ष राउत र कांग्रेस नेता निधिबीच नयाँबानेश्वरमा भेटघाट भएको हो ।

    निधिले निर्वाचनमा सफलता हासिल गरेकोमा राउतलाई बधाई दिएका थिए । साथै कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका गरेको बुझिएको छ ।



    जवाफमा राउतले आफ्नो बारेमा अनावश्यक भ्रम फैलाइएको बताउँदै आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रवादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको प्रस्ट पारेको बताइएको छ ।



    राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रूपमा सकारात्मक भएको बताएका छन् । बुधबार दिउँसो भएको करिब एक घण्टा निधि र राउतबीच कुराकानी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार