Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गठबन्धन सरकार २०८४ सम्म टिक्छ, अबको प्रधानमन्त्री माधव नेपाल : बिमलेन्द्र निधि

    गठबन्धन सरकार २०८४ सम्म टिक्छ, अबको प्रधानमन्त्री माधव नेपाल : बिमलेन्द्र निधि

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 576
    SHARES

    रुपन्देही । नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले अबको प्रधानमन्त्री सत्तारुढ गठबन्धन दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बन्ने बताएका छन् ।

    बुधबार नेपाल प्रेस युनियन दाङ शाखाले घोराहीमा गरेको कार्यक्रममा नेता निधिले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दाबी गर्दै यस्तो बताएका हुन् ।



    उनले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरस कार्यान्वनका लागि गठबन्धन टिकाउनुको विकल्प नरहेको बताए ।



    उनले देशको नेतृत्व पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्हालिरहेको बताउँदै दुई वर्षपछि समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष नेतृत्व गर्ने सहमति भएको सुनाए ।

    पाँच वर्षे अवधिको अन्तिम दुई वर्ष नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व सम्हाल्दै २०८४ मा निर्वाचन गराउने गरी सहमति भएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार