Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जनमत पार्टी आइतबार सरकारमा सहभागी हुने, अनिता मन्त्री बन्ने

    जनमत पार्टी आइतबार सरकारमा सहभागी हुने, अनिता मन्त्री बन्ने

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 654
    SHARES

    काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

    प्रचण्ड मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरुमध्ये एकलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी छ । सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना छ ।



    तर जनमतकी सांसद साहलाई आइतबार मन्त्री नियुक्त गर्ने तयारी छ । जनमतले यसअघि नै उनको नाम सिफारिस गरेको थियो । गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो ।



    जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए। जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो। दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार