Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सिके राउतले भने – सरकारले ल्याएको शिक्षा विधेयक संघीयता विरोधी छ

    सिके राउतले भने – सरकारले ल्याएको शिक्षा विधेयक संघीयता विरोधी छ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 495
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयताविरोधी रहेको बताएका छन् ।

    प्रतिनिधिसभामा जारी विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष राउतले विधेयक संघीयता विरोधी देखिएको बताएका हुन् ।



    उनले विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउन पनि माग गरे ।



    अध्यक्ष राउतले भने,अहिलेको विधेयक संकीर्ण छ । यो विधेयक संघीयता विरोधी पनि देखिएको छ । जिल्ला शिक्षा कार्यालय खारेज गर्नुपर्छ।लोकसेवा आयोग प्रदेशमा छ । निजामति सेवा स्थानीय तहमा भइरहेको अवस्था छ । यस्तो अवस्थामा माध्यमिक शिक्षा बोर्डलाई केन्द्र वा संघमा राख्नु हुँदैन।’

    अध्यक्ष राउतले सो विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । उनले विधेयकमा सरकारले विद्यार्थी र अभिभावकहरुको सरोकारलाई सम्बोधन गर्नुपर्ने बताए ।

    खस आर्य कलस्टरमा निम्न आय भएका खस आर्यको व्यवस्था गरेजस्तै हरेक कलस्टरमा व्यवस्था हुनुपर्ने अध्यक्ष राउतको भनाई छ ।

    उनले अहिलेको शिक्षा विधेयकलाई मुल रूपम बिहेको तामझाम भइसकेको दुलाहा नै भागेको जस्तो देखिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार