Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • यी हुन् १० दलीय बैठकमा सिके राउतले उठाएका तीन माग

    यी हुन् १० दलीय बैठकमा सिके राउतले उठाएका तीन माग

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 531
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले १० दलीय सत्ता गठबन्धनको बैठकमा तीन माग राखेका छन् ।

    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय बैठकमा अध्यक्ष राउतले पार्टीको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष तीन माग राखेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।



    मधेश आन्दोलनका शहीदहरूको नाम पनि राजपत्रमा प्रकाशित गर्नुपर्ने उनको पहिलो माग रहेको छ । यस्तै मलखादको बढ्ने मूल्यलाई कम गर्न पहल गर्नुपर्ने, नागरिकता विधेयकमा तत्काल विवाद नहुने प्रावधानहरू मात्रै राखेर भए पनि अविलम्ब टेबल‌ गरिनु पर्ने र जन्मसिद्धका सन्तानहरूले भोगी राखेको नागरिकता समस्या समाधान गर्नुपर्ने उनको माग छ ।



    यस्तै सत्तारुढ १० दलका शीर्ष नेताहरुबीच आइतबार संसदमा प्रस्तुत गर्ने विधेयक र चैत ६ गते सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ ।

    सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार