Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मधेसमा उपेन्द्र यादव र सिके राउतको वर्चस्वको लडाइँ

    मधेसमा उपेन्द्र यादव र सिके राउतको वर्चस्वको लडाइँ

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 480
    SHARES

    काठमाडौं । मधेसमा वर्चस्वको लडाइँले राजनीतिक चहलपहल बढेको छ । १० वैशाखमा बारा २ मा हुने उपनिर्वाचनमार्फत दुई मधेसवादी दलका शीर्ष नेता मधेसमा वर्चस्व कायम राख्ने दौडधुपमा छन् ।

    जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत अहिले बाराको विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । सप्तरी २ मा राउतसँग गत ४ मंसिर सम्पन्न निर्वाचनमा पराजित यादव आफैं उम्मेदवार बनेका छन् ।



    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा रहेका शिवचन्द्र कुशवाहालाई पार्टीमा प्रवेश गराएर राउतले यादवको प्रतिस्पर्धीका रूपमा स्थापित गर्ने प्रयासमा छन् । गत निर्वाचनमा कुशवाहा जसपा उम्मेदवार रामसहाय यादवसँग पराजित भएका थिए ।



    रामसहायलाई एमालेको समर्थन थियो भने कुशावाहालाई तत्कालीन पाँच दलीय गठबन्धनको समर्थन रहेको थियो । रामसहाय उपराष्ट्रपति निर्वाचित भएपछि बारा २ मा उपनिर्वाचन हुन गइरहेको छ । सप्तरीमा राउतसँग पराजित यादव रामसहायलाई उपराष्ट्रपति बनाएर संसद् छिर्ने रणनीतिमा छन् । तर, राउत सप्तरीमा जस्तै बारामा यादवलाई पराजित गर्ने रणनीतिमा छन् ।

    अहिले यादव र राउत दुवै बारा २ कै विभिन्न चुनावी कार्यक्रममा व्यस्त छन् । डा। राउत पछिल्लो समय गढीमाई वरियारपुर कार्यालय नै खोलेर बसेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार