Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रहरीको लाठीचार्जबाट मधेशका शिक्षामन्त्री यादव घाइते

    प्रहरीको लाठीचार्जबाट मधेशका शिक्षामन्त्री यादव घाइते

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 546
    SHARES

    जनकपुरधाम । सप्तरीमा जनमत पार्टी र प्रहरीबीचको झडपमा परेर मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव घाइते भएका छन् ।

    मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा अवरोध गर्न खोजेपछि शिक्षामन्त्री यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएका हुन् । उनीहरुलाई प्रहरीको लाठी लागेको छ ।



    भवन शिलान्यास कार्यक्रममा अवरोध गर्न खोजेपछि जनमतका नेता कार्यकर्तामाथि सामान्य बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



    जनमत पार्टीको विरोधकाबीच राजविराजमा मधेश कृषि विश्वविद्यालयको जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन् ।

    राजविराज नगरपालिका- १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार