Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् जस्तो छ : उपेन्द्र यादव

    सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् जस्तो छ : उपेन्द्र यादव

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 471
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि भन्ने आशंका उत्पन्न भएको बताएका छन् ।

    बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।



    अध्यक्ष यादवले भने ,‘प्रदेशहरुलाई अहिलेसम्म संघीय निजामती ऐन निर्माण गरिएन । उहाँ माननीयजीले भन्दै हुनुहुन्थ्यो संघीयता खारेज गरौँ । यहाँ भन्नै पर्दैन यतै बाट खारेज गर्दिन्छन् कि जस्तो पो देखियो त ।’



    उनले हालसम्म संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दै सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि जस्तो देखिएको उल्लेख गरे ।

    प्रदेशलाई अधिकार, कानुन र कार्य गर्ने आवश्यक जनशक्ति नदिँदा संघीय लोकतान्त्रिक गणतन्त्र कसरी टिक्छ भन्दै अध्यक्ष यादवले प्रश्न गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार