Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वरीयतामा रवि लामिछाने भन्दा उपेन्द्र यादव पछाडि

    वरीयतामा रवि लामिछाने भन्दा उपेन्द्र यादव पछाडि

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 657
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने भन्दा पछिल्लो वरीयतामा रहेर उपप्रधान एवं स्वास्थ्यमन्त्रीको सपथ लिएका छन् ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एमालेसहितको नयाँ गठबन्धनमा यादवको पार्टी उपप्रधानसहित स्वास्थ्य मन्त्री बनेर सरकारमा सहभागी भएको हो । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले वरीयताको मतलव नहुने बताए ।



    सञ्चारकर्मीहरुले ‘उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको तपाईले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरीयतामा बस्न किन चाहनुभयो ? भन्ने प्रश्न गरेपछि जवाफमा उनले जनताको सेवा गर्नेलाई वरीयताको मतलब नहुने बताएका हुन् ।



    ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने बताउँदै उनले भने–‘जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने हो । म ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता हुँदैन, जनताको सेवा गर्ने हो, त्यस्ता कुरामा ध्यान दिएर साध्य छैन ।’

    स्वास्थ्य क्षेत्रको सुधार गर्दै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनु आफ्नो पहिलो दायित्व रहेको बताएका यादवले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गरेका छन् ।

    यादवसँगै प्रचण्ड नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री भएका छन् । यसअघि प्रचण्डले नेकपा एमालेका रघुवीर महासेठ, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार