Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ३० दूरसञ्चार प्रदायक कम्पनीलाई प्राधिकरणको अनुरोध – ७ दिनभित्र सम्पर्कमा आउनू

    ३० दूरसञ्चार प्रदायक कम्पनीलाई प्राधिकरणको अनुरोध – ७ दिनभित्र सम्पर्कमा आउनू

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 591
    SHARES

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सम्पर्कमा आउन अनुरोध आग्रह गरेको छ । प्राधिकरणले आइतबार सूचना जारी गर्दै सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

    नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण तथा रोयल्टी नबुझाएको भन्दै दूरसञ्चार कम्पनीलाई सात दिनभित्र प्राधिकरणको सम्पर्कमा आउन आग्रह गरेको हो ।



    ‘नियमानुसार बुझाउनु पर्न अडिटे वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको र बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक(पटक सम्पर्क गर्न पत्राचार तथा इमेल गर्दा समेत सम्पर्क हुन नसकेकोले हुँदा यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नको लागि यसै सूचनामार्फत जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ।



    साथै उक्त अवधिभित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार