Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी

    दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 552
    SHARES

    काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार प्राधिकरणको अध्यक्ष भण्डारीलाई नियुक्त गरेको हो ।



    यसैगरी, सरकारले आइतबार नै आयल निगमको कार्यकारी निर्देशकमा डाक्टर चन्डिकाप्रसाद भट्ट र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशीलाई नियुक्त गरेको पनि सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।



    यस्तै सरकारले सूचना सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार