Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दूरसञ्चार प्राधिकरणले भन्यो – टिकटक चलिरहेको भए जानकारी गराउनू, कारबाही गर्छौं

    दूरसञ्चार प्राधिकरणले भन्यो – टिकटक चलिरहेको भए जानकारी गराउनू, कारबाही गर्छौं

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 426
    SHARES

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए जानकारी गराउन आग्रह गरेको छ । प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेर सो आग्रह गरेको हो ।

    नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको भएपनि अझै केही सेवा प्रदायकहरूको नेटवर्कमा टिकटकको पहुँच पुगिरहेको पाइएकाले त्यस्ता सेवा प्रदायक कम्पनीहरूबारे जानकारी दिन भनेको छ ।



    सरकारको निर्णय कार्यान्वयन नगर्ने केही इन्टरनेट तथा मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई स्पष्टिकरण सोधी कारबाही प्रक्रिया अगाडि बढाइएको समेत प्राधिकरणले जानकारी दिएको छ।



    यसअघि सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार