Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जना पक्राउ

सिरहा । स्रोत नखुलेको ८ लाख रुपैयाँसहित सशस्त्र प्रहरी बलको टोलीले १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुर बस्ने ४२ वर्षिय महोमद फिरोज रहेका छन् ।

बोर्डर आउटपोस्ट बरियापट्टीबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले उनलाई सीमा क्षेत्रबाट पक्राउ गरेको हो।

भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा उनको साथ ८ लाख रुपैयाँ फेला परेको थियो।

१ हजार दरको ४९६ वटा, ५०० दरको ६०३ वटा र १०० दरको २५ वटा नेपाली नोट फेला परेको हो।

उनले सो रकम कहाँबाट कुन प्रयोजनको लागि लिएको भन्ने स्रोत खुलाउन नसेकपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय मार्डरमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077