Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल एयरलाइन्सले अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिने

काठमाडौं । नेपाल एयरलाइन्सले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ।

एयरलाइन्सले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

आइतबार नेपाल वायु सेवा निगमले जारी गरेको विज्ञप्तिमा प्रत्येक उडानमा दुई जनालाई त्यस्तो छुट दिइने उल्लेख छ।

आज डिसेम्बर ३ अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर छुटको व्यवस्था गरिएको हो।

रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचयपत्र लिएका यात्रुहरूका लागि निगमको हरेक आन्तरिक उडानमा सुरुमा आउनेलाई पहिलो सेवा दिइने आधारमा त्यस किसिमको छुट दिइने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077