Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नक्कली शरणार्थी प्रकरणमा शमशेर मियाँसहित तीन जनाले बुझाए धरौटी

    नक्कली शरणार्थी प्रकरणमा शमशेर मियाँसहित तीन जनाले बुझाए धरौटी

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 942
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा छुट्ने आदेश भएकामध्ये तीन जनाले धरौटी बुझाएका छन् ।

    धरौटी बुझाउनेमा शमशेर मियाँ, नरेन्द्र केसी र हरिभक्त महर्जन छन् । उच्चको आदेश अनुसार आइतबार उनीहरूले जिल्ला अदालत काठमाडौंमा गएर धरौटी रकम बुझाएका हुन्।



    धरौटी रकम बुझाएसँगै उनीहरूलाई थुनामुक्त गर्ने प्रक्रिया सुरु गरिएको छ । नरेन्द्र केसी तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव हुन् । शमशेर मिया हज कमिटीका संयोजक हुन् ।



    नरेन्द्र केसीलाई उच्च अदालतले १० लाख, हरिभक्त महर्जनलाई १५ लाख र शमशेर मियाँ सँग १० लाख धरौटी लिन आदेश गरेको थियो ।

    उच्च अदालतले ८ जनालाई थुनामै राख्ने उच्च अदालतको आदेश सदर गर्दै अन्यलाई धरौटीमा छाड्न आदेश गरेको थियो ।

    उनीहरू जिल्लाको आदेशविरुद्ध पुनरावेदन गर्दै उच्च अदालत पुगेका थिए । थुनामा रहेका ९ जनालाई भने उच्च अदालतले छाड्न मानेन ।

    पूर्वगृहमन्त्री बालकृष्ण खाँणको हकमा न्यायधीशबीच राय बाझिएपछि फेरि सुनुवाइ हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार