Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वीरेन्द्रनगरमा आज एमालेको जनसभा, सम्बोधन गर्दै अध्यक्ष ओली

    वीरेन्द्रनगरमा आज एमालेको जनसभा, सम्बोधन गर्दै अध्यक्ष ओली

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 495
    SHARES

    काठमाडौं । नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’को पाँचौ दिन आज दैलेख र सुर्खेतमा कार्यक्रम हुँदैछ ।

    एमालेले सुरु गरेको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत दिउँसो १ बजे सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभा गर्न लागिएको हो ।



    सुर्खेतको वीरेन्द्रनगरमा हुने जनसभालाई अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । जनसभालाई सम्बोधनपछि अध्यक्ष ओली काँक्रेविहार क्षेत्रको अवलोकन र थारु समुदायले आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।



    यस्तै अध्यक्ष ओलीले बेलुका ५ बजे सिद्धार्थ होटलमा उद्योगी, व्यापारी र बुद्धिजीवीसँग भेटघाट गर्ने कार्यतालिका छ।

    अध्यक्ष ओली सोमवार वीरेन्द्रनगरमै बस्नेछन् भने मंगलवार पूर्वी सुर्खेतका विभिन्न स्थानमा आयोजना गरिएका भेला र भेटघाट कार्यक्रममा सहभागि हुँदै जाजरकोटतर्फ प्रस्थान गर्ने कार्यतालिका छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार