Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एनसेलको सेयर खरिद–बिक्रीबारे सांसद श्रेष्ठको प्रश्न – बिक्री कर छल्ने योजना त होइन ?

    एनसेलको सेयर खरिद–बिक्रीबारे सांसद श्रेष्ठको प्रश्न – बिक्री कर छल्ने योजना त होइन ?

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 606
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले एनसेलको सेयर स्वामित्व खरिद बिक्री अस्वाभाविक भएको भन्दै अनुसन्धान गर्नुपर्ने बताएकी छन् ।

    प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीलाई पत्र लेख्दै सांसद श्रेष्ठले यस्तो बताएकी हुन् । उनले एनसेलको सेयर स्वामित्व खरिदबारे अनुसन्धान गर्न ध्यानाकर्षण गराईन् ।



    मलेसियाको कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो सेयर ९६ प्रतिशत कम मूल्यमा गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रमलाई हालै बिक्री गरेको छ । सांसद श्रेष्ठले यसरी सेयर किनबेच हुनु अस्वभाविक रहेको भन्दै अनुसन्धान गर्नुपर्ने बताएकी छन् ।



    बिक्री प्रक्रियाप्रति आशंका गर्दै श्रेष्ठले लेखेकी छन्,‘आगामी ६ वर्षसम्मको मुनाफामा भने आजियटाकै हक लाग्ने भनेर सम्झौता भएको सुनिन्छ । यो सम्झौता २५ प्रतिशत क्यापिटल गेन कर (पुुँजीगत लाभकर) को सट्टा ५ प्रतिशत लाभांश कर तिर्न रचिएको प्रपञ्च त हैन ? यति कम मूल्यमा बिक्री भइरहँदा खरिदकर्ता र बिक्रीकर्ता बीच अन्य देशमा रहेको सम्पत्ति सट्टापट्टा गरी दुवै देशमा क्यापिटल गेन कर छल्ने योजना त हैन भनेर खोज गर्नपर्ने हो कि ?’

    मलेसियाको कम्पनी आजियटाले नेपालबाट निस्किँदा निकालेको वक्तव्यले नेपालको अन्तर्राष्ट्रिय छविमा आँच पुग्ने र भविष्यमा वैदेशिक लगानी निरुत्साहित हुने हुँदा त्यसको प्रतिकारका उनले आफ्ना प्रश्नहरूको सम्बोधन आवश्यक देखेको बताएकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार