Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • शिक्षामन्त्री श्रेष्ठले भनिन् – त्रिबिको कुलपति प्रधानमन्त्री हुने व्यवस्था अन्त्य गर्नुपर्छ

    शिक्षामन्त्री श्रेष्ठले भनिन् – त्रिबिको कुलपति प्रधानमन्त्री हुने व्यवस्था अन्त्य गर्नुपर्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका कुलपति प्रधानमन्त्री हुने व्यवस्था अन्त्य गर्नुपर्ने बताएकी छिन् ।

    एक महिना कार्यालय पूरा भएसँगै अहिलेसम्मका उपलब्धि र भावी योजनाबारे जानकारी गराउन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।



    उनले शिक्षा क्षेत्रलाई राजनीतिकमुक्त बनाउनका लागि कार्यदल बनाएर काम भइरहेको बताइन् ।



    त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका कुलपति प्रधानमन्त्री हुने व्यवस्था अन्त्य गर्नेगरी कानुन बनाउन आफूले आग्रह पनि गरेको उनको भनाइ छ ।

    उनले पाठ्यक्रमको गुणस्तरदेखि विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनेसम्मका काम भएको जानकारी दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार