Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • शिक्षामन्त्री श्रेष्ठको पहिलो निर्णय – विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्यक्तित्व हुने गरी कानुनी प्रबन्ध गर्ने

    शिक्षामन्त्री श्रेष्ठको पहिलो निर्णय – विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्यक्तित्व हुने गरी कानुनी प्रबन्ध गर्ने

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्यक्तित्व हुने गरी कानुनी प्रबन्ध गर्न आवश्यक काम अघि बढाउने निर्णय गरेकी छन् ।

    बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सो निर्णय गरेकी हुन् ।



    उनले विश्वविद्यालयमा राजनीतिक नेतृत्व बस्ने प्रावधान हटाएर प्राज्ञिक तथा विज्ञ व्यक्तित्वलाई राख्न आवश्यक काम अघि बढाउने निर्णय गरिन् ।



    यसअघि पनि सुमनाले शिक्षा समिति र संसदमा पनि विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री र शिक्षा मन्त्री सहकुलपति हुँदा राजनीतिक हस्तक्षेप बढेको भन्दै आवाज उठाउँदै आएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार