Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • त्रिविका निमित्त उपकुलपतिलाई तत्काल पदबाट हटाउन सांसद सुमनाको माग

    त्रिविका निमित्त उपकुलपतिलाई तत्काल पदबाट हटाउन सांसद सुमनाको माग

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 489
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को निमित्त उपकुलपतिलाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन् ।

    सोमबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले त्रिविका निमित्त उपकुलपति प्रा. डा. शिवलाल भुसाललाई हटाउन माग गरेकी हुन् ।



    सांसद श्रेष्ठले निमित्त उपकुलपति भुसालले आफैँ उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले उनलाई सरकारले तत्काल पदबाट हटाउनुपर्ने जिकिर गरिन् ।



    निमित्त उपकुलपति भुसालले भागवण्डा गर्ने हिसाबले त्रिविमा आफ्नो गतिविधि बढाएको भन्दै त्यस्ता व्यक्ति त्रिविको उपकुलपति हुन लायक नहुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार