Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भर्ना प्रक्रिया पारदर्शी बनाउन स्कुलहरुलाई शिक्षामन्त्रीको आग्रह

    भर्ना प्रक्रिया पारदर्शी बनाउन स्कुलहरुलाई शिक्षामन्त्रीको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 261
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ स्कुलका प्रिन्सिपलहरूलाई आग्रह गरेकी छन् ।

    नयाँ शैक्षिक सत्रका लागि भर्ना आह्वान भएका बेला प्रिन्सिपलहरूलाई मन्त्रालयमा बोलाएर शिक्षामन्त्री श्रेष्ठले विधि र प्रक्रियालाई विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गरेकी हुन् ।



    छलफलमा तीनवटै विद्यालयका प्रिन्सिपलले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो गरेका थिए।



    शिक्षामन्त्री श्रेष्ठले विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन र स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गरिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार