Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • शिक्षक सरूवा मापदण्डका लागि शिक्षामन्त्री श्रेष्ठले मागिन् सुझाव

    शिक्षक सरूवा मापदण्डका लागि शिक्षामन्त्री श्रेष्ठले मागिन् सुझाव

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 447
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवा मापदण्डका लागि सुझाव माग गरेकी छन् ।

    शिक्षामन्त्री श्रेष्ठले प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाहरूसँग छलफल गरेर सुझाव माग गरेकी हुन् ।



    जिल्लान्तर शिक्षक सरुवा स्थगित गरेको शिक्षा मन्त्रालयले त्यसका लागि शिक्षक सरुवा मापदण्ड बनाउँदैछ ।



    पहिलो चरणमा २०८० चैत ३० गते सातवटै प्रदेशका १३ जना प्रतिनिधि प्रधानाध्यापकहरूसँग अनलाइनमार्फत संवाद गरेकी थिइन् ।

    प्रधानाध्यापकहरूले शिक्षक सरुवा मापदण्डसँगै विद्यालय सञ्चालन तथा व्यवस्थापन मापदण्डका विषयमा सुझाव दिएका थिए ।

    त्यस्तै आज विभिन्न प्रदेशका शिक्षकहरूसँग सुझाव माग गरेकी छन् । विभिन्न प्रदेश र समुदायका १३ जना प्रतिनिधि शिक्षकहरूसँग शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत सुझाव माग गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार