Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • शिक्षामन्त्री श्रेष्ठले भनिन् – उत्तरपुस्तिका हराएको विषयमा अध्ययन भइरहेको छ

    शिक्षामन्त्री श्रेष्ठले भनिन् – उत्तरपुस्तिका हराएको विषयमा अध्ययन भइरहेको छ

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 312
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाका उत्तरपुस्तिका हराएको विषयमा छानबिन समिति गठन गरी अध्ययन भइरहेको बताएकी छन् ।

    प्रतिनिधिसभाको आकस्मिक,शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्न तथा विषयमाथि जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।



    उनले तोकिएको परीक्षा तालिका परिवर्तन भएको विषयमा पनि छानबिन समिति गठन भइ अध्ययन सुरु भएको बताईन् । शिक्षक सेवा आयोगले तोकेको शिक्षक भर्नासम्बन्धी मापदण्डलाई पुनरावलोकनका लागि कार्यदल गठन भएको पनि सांसद श्रेष्ठले बताइन् ।



    शिक्षकको अनुमतिपत्र तथा सेवा आयोगको परीक्षामा सोधिने प्रश्नहरुमाथि अध्ययन भइरहेको उनको भनाइ थियो ।

    सूचना प्रविधिको अहिलेको समयमा कस्तो शिक्षकबाट पठनपाठन भइरहेको छ भनेर अध्ययन गर्न विज्ञसम्मिलित समिति बनाइएको पनि उनले संसदलाई जानकारी गराइन् ।

    नेपालमा थप मेडिकल कलेज खोलेर विदेशी विद्यार्थी ल्याउन सकिने/नसकिने विषयमा गृह मन्त्रालयसँग छलफल भइसकेको शिक्षामन्त्री श्रेष्ठले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार